यस सगरमाथाइन्स्योरेन्स कम्पनीको बीमाअभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तीहरुको सुबिधालाई ध्यानमा राखी यही मिति २०७४/०८/१५ गते देखी २०७४/०८/१७ गते सम्म तपसिल बमोजिमको स्थान र समयमा "कम्पनीको बीमा अभिकर्ताको आधारभूत तालिम" संचालन हुने भएकोले तपशिलमा उल्लेखित शैक्षिक योग्यता पुगेका इच्छुक व्यक्तीहरुले तपसिल बमोजिमको कार्यालयमा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
१) बीमाअधिकर्ताको लागी न्युनतम योग्यता :
न्युनतम एस.एल.सी. उत्तिर्ण वा सो सरह परिक्षा उत्तिर्ण गरेको ।
२) निवेदन साथ पेश गर्नु पर्ने कागजातहरु:
व्यक्तिगत बीमाअभिकर्ताको हकमा:
क) आफुले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रमाणितप्रतिलिपि ।
ख) नेपालीनागरिकताको प्रमाण पत्रको प्रमाणितप्रतिलिपि ।
ग) पासपोर्ट साईजको फोटो ३ प्रति
घ) तालिम शूल्क रु.१०००/-
संस्थागत बीमाअभिकर्ताको तालिम लिन चाहने संस्थाले संस्थाको हकमा:
क) सहभागि संचालकपदमाबहाल रहेको (कुनमिति देखी कुनमिति सम्मबहालमा रहेको) प्रमाण खुल्ने आधिकारीक पत्र ।
ख) बीमाअभिकर्ताको तालिममा सहभागिहुने सम्वन्धि संचालक समितिको निर्णयको माईन्युट उतार ।
ग) कम्पनीको प्रमाणपत्र तथा नियमावलि, कम्पनीदर्ता प्रमाणपत्र, भ्याट/प्यानदर्ता प्रमाण पत्रको प्रमाणितप्रतिलिपि ।
घ) सहभागि संचालकको न्युतम एस.एल.सी. उत्तिर्ण गरेको शैक्षिक योग्यताको प्रमाणितप्रतिलिपि ।
ङ) नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि ।
च) सहभागिता शुल्क रु. १०००/-
नोट: उल्लेखित तालिममा ३० जनाभन्दा बढी सहभागि संख्या समावेस गराउन नसकिने भएको हुदा पहिले दर्ता हुनआएको निवेदनलाई प्राथमिकतामा राखिने जानकारी गराईन्छ ।
सम्पर्क कार्यालय:
बुटवल शाखा
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड
सम्पर्क व्यक्ति:
मोहन गौतम
शाखा प्रमुख, बुटवल शाखा